नेभिगेशन
राजनीति

ओलीलाई मध्यावधि निर्वाचनमा जाने मन त रहेछ तर जोखिमसँग तर्सिएका रहेछन्

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा मध्यावधि चुनावमा जान सक्ने मनसाय राखे पनि जोखिमसँग तर्सिएको आशय व्यक्त गरेका छन्।

पत्रकार विजयकुमार पाण्डेसँगको कुराकानीका क्रममा उनले यस्तो आशयः व्यक्त गरेका हुन्। यो अस्थिर अवस्थामा मध्यावधि चुनावमा जान सकिन्थ्यो नि? भन्ने पाण्डेको प्रश्नमा ओली भन्छन्,‘यो विषयमा त म बिजुली चम्किँदा तर्सिन्छु। म जस्तो भुक्तभोगी को छ र? अगुल्टो लागेको मानिस हुँ।’

उनले यसअघि ०७८ मा प्रतिनिधि सभा विघटन गरेको विषयलाई पनि स्मरण गरेका छन्। र, त्यसलाई संविधानअनुसार भनी दाबी समेत गरेका छन्।

कांग्रेस र एमालेको मात्र दुई तिहाई बहुमत नपुग्ने बताएका उनले भूमी आयोग पारित गर्ने विषयमा नै जोखिम रहेको बताए। उनले यसकारण संविधान संशोधन गर्न कठिन भएको ओलीले बताएका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति