नेभिगेशन
राजनीति

दुई उपमहानगरमा बजेटको लफडाः इटहरीमा हेमकर्णले पास गर्न पाएनन्, धरानमा हर्कले ल्याउँदै ल्याएनन् 

काठमाडौं– सुनसरी जिल्लाका दुई उपमहानगरपालिकामा बजेटको विषयमा लफडा भएको छ। इटहरी उपमहानगरपालिकामा आएको बजेट नगरसभाबाट पास हुन सकेको छैन।

इटहरीका मेयर हेमकर्ण पौडेलले नगरसभामा बहुमत रहेको नेकपा एमालेले नचाहेका कारण बजेट पास हुन नसकेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका थिए। 

यस्तो छ हेमकर्णको स्ट्याटस
518364077_24091112500508471_8992693496148334409_n-1752738835.jpg
धरान उपमहानगर पालिकाले बजेट नीति तथा कार्यक्रम ल्याउन नै सकेको छैन।

इटहरी उपमहानगरपालिकाले इटहरीको बजेट २ अर्ब ५५ करोड २१ लाख बजेट ल्याएको थियो। 

धरानमा भने आन्तरिक कलहका कारण कार्यपालिकाको बैठक नै बस्न सकेको थिएन। अहिलेसम्म पनि मेयर हर्क साम्पाङले बजेट ल्याउन सकेका छैनन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४  मा १० असारमा प्रस्तुत भएको नीति, कार्यक्रम र बजेट १५ दिन अर्थात् असार २५ गतेसम्म दफावार छलफल गरी पास गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। 

धरान उपमहानगरपालिकाको कार्यपालिकाको असार ८ गते दिउँसो २ बजे बोलाइएको थियो। बैठक सुरु हुन नपाउँदै उपप्रमुख आइन्द्रविक्रम बेघासहित २८ जना कार्यपालिकाका सदस्यहरूले बजेट निर्माण सम्बन्धी गर्नुपर्ने पूर्व तयारी लगायतको कारण देखाउँदै बैठक बस्नुको औचित्य नभएको भन्दै प्रश्न उठाएका थिए।

मेयरले ल्याउनु पर्ने स्रोत अनुमानमा मेयरले कामै नगरेपछि विवाद भएको कार्यपालिका सदस्यहरू बताउँछन्। यति मात्र नभएर धरानमा मेयर साम्पाङ र उपमेयर बेघाको विवाद पनि बजेट नआउने कारण बनेको थियो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ मा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति सम्बन्धी व्यवस्था गरेको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति