नेभिगेशन
समाज विविध

कञ्चनपुरमा विषालु च्याउ खाँदा एकैपरिवारका पाँचजना बिरामी

कञ्चनपुर– कञ्चनपुरमा विषालु च्याउ खाँदा एकैपरिवारका पाँचजना बिरामी भएका छन् ।

दोधारा–चाँदनी नगरपालिका– ६ स्थित कालागडका ६३ वर्षीय कालु सुनारसहित पाँचजना बिरामी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

उनका अनुसार सुनारकी १८ वर्षीया नातिनी निशा सुनार, १६ वर्षीय नाति भीम सुनार, १२ वर्षीय नाति वसन्त सुनार र आठ वर्षीया नातिनी मन्सु सुनार बिरामी भएका हुन् ।

भारतको नङ्ग्रा जङ्गलबाट ल्याएको विषालु च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेको बोहराले बताए । बिरामी पाँचै जनाको दोधारा–चाँदनी अस्पतालमा उपचार भइरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

छाउगोठ भत्काउन विशेष अभियान