नेभिगेशन
समाज विविध

आठ बर्षअघि भारत लगेर युवती कुबेतमा बेचिन्, बुटवलकी परियार पक्राउ परिन्

काठमाडौं– ८ बर्षअघि युवतीहरुलाई भारतको बाटो हुँदै कुबेतमा बेच्ने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। उनी फरार थिइन्।

बुटवल उपमहानगरपालिका–११ देवीनगरबाट एक युवती मानव बेचबिखनको अभियोगमा पक्राउ गरिएको हो।

बुटवल–११ न्यू दुर्गानगर बस्ने ४६ वर्षीया बिष्णु माया शर्मा परियार ८ वर्ष पहिले ३ जना युवतीलाई भारत हुँदै कुवेत लगेर बेचबिखन गरेको अभियोगपछि फरार थिइन्।

परियारलाई बुटवल प्रहरीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। 

२०७४ देखि परियार फरार सूचीमा थिइन्। 

मानव बेचबिखन कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

छाउगोठ भत्काउन विशेष अभियान