नेभिगेशन
सुरक्षा–अपराध

दाङमा गोर्खा सेनामा जाने तयारीमा रहेका युवकसँग भेटियो ‘पेस्तोल र चार राउन्ड गोली’

काठमाडौं– गोर्खा सैनिक भर्नाको अभ्यास गरिरहेका दाङका एक युवा बसेको कोठाबाट पेस्तोल र चार राउन्ड गोली भेटिएको छ।

भर्नाका लागि अभ्यास गराउने लोटर ट्रेनिङ सेन्टरको होस्टलमा बसेका १९ वर्षीय अजय विकले अवैध हतियार र गोली लुकाएर राखेको सूचना पाएपछि खटिएको टोलीले उनलाई पक्राउ गरेको छ।

उनी सुत्ने खाटमुनि कालो रंगको झोलामा ०.३२ पेस्तोल बरामद गरेको भएको छ। त्यसमा लाग्ने ४ वटा गोली र म्याग्जिन समेत बरामद भएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध