नेभिगेशन
राजनीति

संसद्लाई दूषित समाचार सम्प्रेषणको स्रोत बनाइएको भन्दै एमालेद्वारा सभामुखको ध्यानाकर्षण

काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले केही सांसदहरूले भाइरल बन्नको लागि संसदमा गलत कुराको प्रचार गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै बर्तौलाले रास्वपाको सांसदहरूलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘संसदमा यस्ता हावादारी कुरा गर्ने, हरेक दिन, हरेक बैठकमा दूषित समाचार सम्प्रेषणको स्रोत संसद् बनाउन खोजिँदै छ ।’

उनले यसबारे सभामुखको पनि ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति