नेभिगेशन
राजनीति

रास्वपालाई गृहमन्त्रीको चुनौती- अनुमानमा नबोल्नू, स्पेनबाट को फर्किएनन् प्रमाण दिनू

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीसँग भ्रमणमा जानेहरूको नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेर जाने भएकाले सबै फर्किएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीसँग भ्रमणमा गएको को नफर्किएको देखाउन चुनौती दिए ।

उनले भने, ‘प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएका मानिसहरू उतै बसेको भन्ने कुरा उठेको छ । हामीले कुनै पनि विषयको न्यूनतम ज्ञान जानकारी राख्नुपर्छ, सदनमा जिम्मेवार भएर विषयवस्तुलाई मर्यादित ढङ्गले प्रस्तुत गर्दा राम्रो हुन्छ ।’

यो विषय सदनमा रास्वपाकी सांसद सोविता गौतमले प्रवेश गराएकी थिइन् । गृहमन्त्री लेखकले यस्ता कुरा बोल्दा अनुमान र कल्पनामा नबोल्न आग्रह गरे ।

उनले भने, ‘असत्यको पुलिँदा बाँधेर कहीँ पनि पुगिँदैन । प्रधानमन्त्रीसँग जानुभएको प्रतिनिधिमण्डल सरकारबाट निर्णय भएर गएको छ । त्यो सबैलाई थाहा छ । को मानिस फर्केनन् भने भनिदिनुहोला ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति