नेभिगेशन
राजनीति

कांग्रेस लुम्बिनीका महामन्त्री पार्टीबाट निष्काशित

काठमाडौं– नेपाली कांग्रेसले लुम्बिनी प्रदेश महामन्त्रीलाई पार्टीबाट निष्काशित गरेको छ। महामन्त्री बिक्रम खनाललाई प्रदेश र प्रतिनिधि सभामा पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग नगरेका कारण कारबाह्ी गरेको जनाइएको छ।

असार १७ गते बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले नवलपरासीका खनाललाई प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरिएको हो। 

समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले खनाललाई कारबाही गरिएको जानकारी पार्टी सभापति शेरबहादुर देउवा र उनीसम्बन्धित प्रदेश र जिल्लालाई पनि बोदार्थ पत्र पठाएका छन्।  

उजुरीपछि खनाललाई स्पष्टीकरण सोधिएको तर जवाफ चित्तबुझ्दो नदेखिएकोले प्राप्त प्रमाणको आधारमा कांग्रेसको विधान २०२७ (संशोधनसहित) धारा ३४ को उपधारा १ क ख र घ तथा उपधारा ङ बमोजिम १ वर्षका लागि पार्टी सदस्यबाटै निष्काशन गर्ने निर्णय गरिएको ढुंगानाले जानकारी दिएका छन्।  
nc1_9RPwJln6Ml-1752054248.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति