नेभिगेशन
राजनीति

निजामति कर्मचारी विधेयक छलछाम छानबिनका लागि ७ जनाको संसदीय समिति गठन, यी हुन् सदस्य

काठमाडौं– संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति गठन भएको छ। 

सात सदस्यीय छानबिन समितिमा सांसदहरु जीवन परियार, सुशीला थिङ, ईश्वरी घर्ती, नारायणप्रसाद अचार्य, माधव सापकोटा, गणेश पराजुली रोशन कार्की रहेका छन्।

समितिले तीन साताभित्र छानबिन सकि सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश पाएको छ।

‘२१ दिनभित्र समितिले छानबिन प्रतिवेदन बुझाउनुपर्नेछ’, सभामुख सचिवालयले भन्यो,‘सोही अनुसार समिति गठन भएको हो।’

राज्य समितिबाट पास भएको निजामति कर्मचारी विधेयकमा कुलिङ पिरियडका विषयमा छलछाम भएपछि विवाद भएको थियो। 

प्रतिनिधि सभामा पारित उक्त विधेयकमा दफा नै थपिएको थियो। यसबीच चर्को विवाद भएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति