नेभिगेशन
राजनीति

सूर्य थापालेले संसदमा भने-‘गठबन्धनभित्र कहीँ समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्छ’

काठमाडौँ । सत्तासीन दल नेकपा (एमाले) का सांसद सूर्य थापाले सत्ता गठबन्धनभित्र कहीँ समस्या भए समस्या भए छलफल गरेर टुङ्ग्याउनुपर्ने बताएका छन्।

सोमबार (आज) बसेको प्रतिनिधि सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्। ‘गठबन्धनमा कहीँ समस्या छन् भने पनि त्यसलाई छलफल गरेर, बहस गरेर त्यसलाई टुङ्ग्याउनुपर्छ। म यो कुरा राख्न चाहन्छु-यो गठबन्धनले जुन तत्त्वहरूलाई चकित पारेको छ, मर्माहत बनाएको छ, अस्थिरताको खेती मुख्यतः त्यताबाटै बढी भइरहेको छ। त्यसको भ्रममा नपर्नका लागि पनि आग्रह गर्न चाहन्छु, ’उनले भने।

अगाडि उनले भने, ‘बिहान उज्यालो भएदेखि बेलुका अँध्यारो नभएसम्म अस्थिरताका विभिन्न बेलुनहरू उडाउने कोसिस भइरहेका छन्।अहिले जुन गठबन्धन बनेको छ, यो गठबन्धनका योग्यतका, यसका सीमाहरूका बारेमा म धेरै बहस गर्न चाहन्नँ। तर, अस्थिरताका झिंगे दाउहरू समाप्त पारेर, असफल पारेर यसले स्थिरताको सन्देश प्रवाह गरेर यो गठबन्धन बनेको छ। यसलाई ठिक ढंगले सफल बनाउनुपर्छ। सफल ढङ्गले यो मुलुकमा विकासको, समृद्धिको, सामाजिक न्यायको पक्षमा सरकारले काम गर्छ भन्ने कुराको अनुभूति गराउनुपर्छ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी