नेभिगेशन
राजनीति

ओलीले तेस्रो पटक भने– भगवान राम नेपालमा जन्मिएका हुन्, के सरकार संकटमा परेको संकेत हो?

काठमाडौं– सत्ता समीकरण बदलेर प्रधानमन्त्रीमा नियुक्त भएको एक बर्ष पुगिसक्दा पनि छिमेकी मुलुक भारतले औपचारिक भ्रमणमा निम्तो नदिइएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार संकटमा परेको संकेत दिनेगरी प्रवचन गरेका छन्।

उनले फेरि भगवान राम नेपालमा जन्मिएको अभिव्यक्ति दिएका छन्। 

सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताए। 

उनले यी सबै विषय रामायण, वाल्मीकिकृत रामायणमा उल्लेख भएको बताए। 

‘वाल्मीकिकृत रामायणमा कोशी नदी तरेर पश्चिम गएर राम लक्ष्मणलाई शिक्षा दिए विश्वामित्रले भनेको छ। मैले लेखेको होइन त्यो। विश्वामित्र चतराका हुन् भन्ने स्पष्ट छ।’

यसअघि पनि पटक–पटक प्रधानमन्त्री ओलीले भगवान श्रीरामको जन्मभूमि चितवनका माडीस्थित ठोरीमा भएको दाबी गरेका थिए। 

उनले यसअघि २५ जेठ ०८१ मा पनि यहि दाबी गरेका थिए। त्यसबेला उनी सत्ता गठबन्धनका नेता थिए। 

पार्टीको जिल्ला कमिटीको निर्वाचित पदाधिकारीको सपथग्रहण समारोहमा बोल्दै उनले सम्पूर्ण प्रमाणहरूले रामको जन्म नेपालमै भएको दाबी गरेका थिए। 

‘जोसुकैले जेसुकै भनोस्। सम्पूर्ण शास्त्रहरूले, सनातन धर्म र दर्शनशास्त्रहरूले, प्रमाणहरूले के भन्छ भने रामको जन्म माडीमै भएको हो,’ उनले त्यसबेला भनेका थिए। 

अध्यक्ष ओलीले राम लक्ष्मणले चढ्ने घोडा पश्चिमतिर गएको र वाल्मिकी आश्रम पुगेको बताएका थिए।  उनले यसो पनि भनेका थिए कि अनि भारतको अयोध्याबाट घोडा यहाँ आउँछ। वाल्मिकी पश्चिमतिर पर्छ? उत्तर प्रदेशमा पर्ने अयोध्याबाट वाल्मिकी आश्रम पश्चिममा नपर्ने उनले बताएका थिए। 

सोमबार उनले फेरि भनेका छन्,‘कसैले त्यत्तिकै कथा हालेर रामको जन्मभूमि बदल्न नसक्ने उनको भनाइ छ। उनले राम जन्मभूमि अहिले नेपालमा पर्ने र तर्कसंगत हिसावले पनि अन्यत्र हुन सक्तैन।’

‘हामी टुरिजमको कुरा गर्छौं तर नेपालमा राम जन्मिएका अन्त कसैले त्यत्तिकै कथा हालेर हुन्छ। फलानो ठाउँमा जन्मिएका भनेर। राम जन्मिएका नेपालमा हो। नेपालको भूमिमा पर्छ, त्यो ठाउँ अहिले। उसबेला पनि नेपालै थियो भन्दिनँ म। के थियो, के थिएन, थारु गाउँ थियो कि के थियो? तर अहिले त्यो भूभाग नेपालमा पर्दछ।’ 

उनले भने, ‘राम भगवान हुन् भने मान्नु नमान्नु आफ्नै कुरा हो। जसले रामलाई भगवान मान्छ, रामको जन्मभूमि पवित्र छ। यति प्रचार गर्न सक्दैनौँ हामी यति भन्न सक्दैनौँ यति आँट गर्दैनौँ। अफ्ठ्यारो लाग्छ। को रिसाउँछ जस्तो लाग्छ, साँचो बोल्दाखेरी रिसाउँछ जस्तो लाग्छ भने अनि हामीले के गरी खान्छौँ। शिव यहीँका हुन्, विश्वामित्र यहीँका हुन्।’

उनको यो अभिव्यक्तिको कारण भारतीय संस्थापन भाजपा सरकार रुष्ट बन्न सक्छ। उसले नेपालको राजनीतिमा गहिरो प्रभाव राख्ने पनि बताइन्छ। 
उनले पहिलो पटक भने नेकपाकालिन सरकार भएका बेला राम चितवनको ठोरीमा जन्मिएको बताएका थिए। 

५ बर्षअघि साउन ६ गतेका दिन नै उनले राम ठोरीमा जन्मिएको बताएका थिए। 

त्यसबेला जनकपुर क्षेत्रका साधुसन्तले ओलीको बिरोध गरेर जुलुस निकालेका थिए। जनकपुरधाममा साधुसन्तहरूले जुलुस गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालमा अयोध्या छ र राम नेपाली राजकुमार थिए’ भन्ने भनाइ फिर्ता लिनुपर्ने माग गरेका थिए। 

उनीहरूले ‘अध्यात्ममा राजनीति गर्न नहुने’ बताएका थिए। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाइका बारेमा स्पष्टीकरण दिनु परेको थियो। विरोध जुलुसपछि जनक चोकमा भएको सभामा रामानन्दीय वैष्णव सङ्घका महासचिव नवलकिशोर शरणले प्रधानमन्त्रीको अभिव्यक्तिले जनस्तरमा रहेको सम्बन्ध बिग्रन सक्ने बताएका थिए।

यो विषयमा बोल्नुअघि उनले भारतले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन खोजेको दाबी गरेका थिए। त्यसपछि राम जन्मभूमीबारे उनले अभिव्यक्ति दिएका थिए। 

केही समयमा नेकपा विभाजन भयो र पछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको थियो। यो बनाउनका निम्ति माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदर्शनी मार्गबाट नै भारतलाई साथ दिन अपील गरेका थिए। 

लगत्तै भारत सीताको उपचारको शिलशिला मिलाएर भारत पुगेका प्रचण्ड र त्यहाँ उपचारका क्रममा रहेकी आरजु राणा देउवाबीचमा पनि भेटवार्ता भएको विवरण आएका थिए, यसपछि नेकपा विभाजन हुनुका साथै सत्ता समीकरण बदलिएको थियो। 

अहिलेको परिप्रेक्षमा पनि ओलीको यस्तो प्रवचनको संकेत कतै सरकार र समीकरण संकटमा त छैन भन्ने शंकाको नयाँ सुविधा दिएको छ। यसै पनि समीकरणमा रहेको कांग्रेसका कतिपय नेता एमालेप्रति रुष्ट रहेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी