नेभिगेशन
राजनीति

विद्या–बालेन भेटः महानगरका प्रमुख प्रशासकीय हटाउन हुनेछ पहल, अरु पनि छन् सल्लाह 

काठमाडौं– पूर्वराष्ट्रपति तथा एमाले नेत्री विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको भेटमा निक्कै महत्वपूर्ण विषयमा कुराकानी भएको तथ्य खुलेको छ।

एमाले नेता पूर्वशिक्षामन्त्री तथा काठमाडौं–९ का प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठले गराएको भेटका क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत हटाउनका लागि पहल गरिने भण्डारीको आश्वासन छ।

यस्तै उक्त भेटका क्रममा काठमाडौंको पुरनो बर्षपार्क बनेको टावर भत्काएर क्षतिपूर्ति दिनुपर्ने विषयमा समेत कुराकानी भएको उच्च स्रोतले जनाएको छ।

‘काठमाडौंको सुन्दरता नै हराउनेगरी भएको टावर निर्माणलाई स्थागित गरी भत्काउँदा राम्रो हुनेछ’, भण्डारीले बालेनलाई भनेकी थिइन्। 

नेकपा एमालेको भावी अध्यक्षका रुपमा चर्चा कमाएकी उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईका कारणले नै बजेट ल्याउन समस्या भएको भए हटाउनका लागि पहल हुने आश्वासन दिएकी उनले बालेनका कामले प्रभावित भएको बताएकी थिइन्।

‘प्रशासकीय अधिकृत हटाउनका लागि सरकारसँग पहल गर्नेछु, अनि काठमाडौंको बजेट समयमा ल्याएर निर्भिक काम गरी राम्रो सहर बनाउनुहुनेछ भन्ने विश्वास लिएकी छु’, बालेनलाई भण्डारीले दिएको आश्वासनबारे उदृत गर्दै स्रोतले क्यानडानेपालसँग भन्यो,‘उहाँ मेयर बालेनको युवा जोस, प्रभाव र काम गर्ने शैलीबाट प्रभावित भएको पनि बताउनुभयो।’

भण्डारी पछिल्लो समय एमालेमा सक्रिय राजनीतिमा आवद्ध भएपछि भावी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा पनि हेरिएको छ। 

भेट गत विहीबार भएको थियो। पूर्वराष्ट्रपति भण्डारी बालेनलाई लिनका लागि आफैं गेटसम्म पुगेकी थिइन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति