नेभिगेशन
सुरक्षा–अपराध

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

भोजपुर ।  भोजपुरको रामप्रसादराई गाँउपालिका–२ को धोर्लेखानीमा गएराति चार जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु, छोरी मनिषा र छोरा सपन गिरीको हत्या भएको हो ।

ज्वाइँ राजेन्द्र राईले ससुरा बेलबहादुर, सासू मञ्जु, श्रीमती मनिषा र सालो सपनको हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । यसैबीच, राईले घरायसी झगडाका क्रममा गएराति ससुरालीका सदस्यहरूले प्रहार गरेपछि आफूले प्रतिकार गर्दा घटना भएको प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् ।

राईको पेट लगायत भागमा धारिलो हतियारको चोट लागको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध