नेभिगेशन
सुरक्षा–अपराध

बैतडी पुगेर गृहमन्त्री लेखकले लिए शान्ति सुरक्षाको अवस्थाको जानकारी

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका छन्। 

लेखकले आज बिहान जिप्रकाको अनुगमन र निरीक्षण गरेका हुन् । 

निरीक्षणका क्रममा लेखकले जिप्रकासहित जिल्लाका अन्य प्रहरी युनिट र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए। 

गृहमन्त्री लेखकलाई भवन अभावलगायत विषयमा जानकारी गराइएको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए। 

जवाफमा गृहमन्त्रीले आफ्नो कार्यकालमा भवन निर्माणका लागि बजेट व्यवस्था गर्ने बताएका छन्। गृहमन्त्री लेखकले जिल्लाको समग्र शान्ति सुरक्षाबारे पनि जानकारी लिएको उनले जानकारी गराए। 

गृहमन्त्री लेखकले आज बिहान त्यहाँको जगन्नाथ मन्दिरमा दर्शन गरेका थिए। गृहमन्त्री लेखकको आजै बैतडीबाट फिर्ता हुने कार्यक्रम छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध