नेभिगेशन
मनोरञ्जन

गायिका एलिना चौहानले गालीगलौजमा उत्रिनेलाई पालै पालो तह लगाउने, साईबर ब्यूरो पुगिन्

काठमाडौं– सामाजिक सञ्जालमा गालीगलौजमा उत्रिनेविरुद्ध गायिका एलिन चौहानले तह लगाउने अभियान सुरु गरेकी छन्। 

त्यसका लागि उनले १० दिनका तय भएका कार्यक्रम रोकेर प्रहरीको साइबर ब्यूरो पुगेको विवरण सतहमा आएका छन्।

अर्की गायिका समीक्षा अधिकारीसँग मिलेर केही दिनदेखि सामाजिक संजालमा त्यस्ता व्यक्तिहरुको प्रोफाइल नै सार्वजनिक गर्ने अभियान चलाइरहेकी उनी प्रहरीको शरणमा पनि पुगेकी छन्।

सुरुमा चार जनाविरुद्ध उजुरी दिन लागेकी उनले क्रमैसँग नराम्रो कमेन्ट गर्नेलाई पनि कानुनी दायरामा उभ्याउने चौहानको घोषणा रहेको छ।

यसबाहेक यसरी गालीगलौज गर्नेलाई सामाजिक सञ्जालमार्फत पनि भण्डाफोर गर्दै जाने अभियानले निरन्तरता पाउने उनले बताइन्।

चेतावनी दिँदा पनि नसुध्रने, उल्टै उच्किएर जे पायो त्यही लेख्दै जाने चारजना विरुद्ध जाहेरी दिएको उनले बताइन्। उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्याब्बासी दिएपछि कानुनी प्रक्रियालाई चाँडोभन्दा चाँडो कार्यान्वयनमा जाने विश्वास पनि लागेको छ। 

उनले अभियान सुरु गरेपछि अन्य कलाकार, राजनीतिज्ञहरुले पनि साथ दिएका छन्। प्रधानमन्त्री ओलीले ‘साहसी छोरीहरु‘ भन्दै चलाएको अभियानको प्रशंसा गरेका थिए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन