नेभिगेशन
मनोरञ्जन

‘काँटा लगा’मा नाचिन् अनि बिग बोसमा पनि पुगिन्, अभिनेत्री सेफालीले जवानीमै संसार छाडिन्

काठमाडौं– बलिउडकी आइटम गर्लदेखि बिग बोसकी सहभागीसम्म बनेकी अभिनेत्री सेफाली जरीवालाले जवानीमा नै संसार त्यागेकी छन्।

४२ वर्षको उमेरमा उनको निधन भएको छ। विवाहीत उनलाई हृलयघात भएको थियो। उनको निधनका कारण बलिउडमा सन्नाटा छाएको भारतीय मिडियाले जनाएका छन्।

शुक्रबार राति हृदयघात (कार्डियक अरेस्ट)का कारण उनको आकस्मिक निधन भएको हो।

पति पराग त्यागीले तुरुन्तै मुम्बईको अंधेरीस्थित बेलेभ्यू मल्टिस्पेशलिटी अस्पताल र्पुयाए पनि चिकित्सकहरूले उनलाई मृत घोषित गरे।

२३ बर्षअघि रिलिज भएको भएको रिमिक्स गीत ‘काँटा लगा’ मा आफ्नो ग्ल्यामरस लुक्स र नृत्यले दर्शकहरूको मन जितेकी थिइन्। उनले सलमान खान र अक्षय कुमार अभिनीत फिल्म ‘मुझसे शादी करोगी’ मा सानो तर यादगार भूमिका निभाएकी थिइन्। 

यसबाहेक उनी बिग बोस १३ मा पनि सहभागी भइन्। 

शेफालीको जन्म सन् १९८२ मा गुजरातको अहमदाबादमा भएको थियो। उनले सरदार पटेल कलेज अफ इन्जिनियरिङबाट सूचना प्रविधिमा मास्टर्स डिग्री हासिल गरेकी थिइन्। 

शेफालीले एक अन्तर्वार्तामा आफूलाई १५ वर्षको उमेरमा छारे रोकोे समस्या भएको खुलासा गरेकी थिइन्, जसका कारण उनले तनाव र चिन्ताको सामना गर्नुपरेको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

‘गर्भवती’ स्वस्तिमा