नेभिगेशन
मनोरञ्जन

६ दशकमा यी हुन् सर्वाधिक कमाई गरेका २५ नेपाली फिल्महरू, कसले कति कमाए?

काठमाडौं– नेपाली फिल्मको ६० बर्ष (६ दशक)को इतिहासमा ‘आमा’देखि हालसम्म अनेक बनेका छन्। 

चलचित्र विकास बोर्डले ति मध्यका सर्वाधिक कमाई गरेका फिल्मलाई सम्मान गरेको छ।

विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ।

स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम गर्दै २५ फिल्मका निर्मातालाई सम्मान प्रदान गरिएको हो। 

धेरै कमाउनेको पहिलो नम्बरमा ‘पूर्ण बहादुरको सारङ्गी’ परेको छ भने अन्तिममा २५ मा ‘पशुपति प्रसाद २ (भष्मे डन) रहेको छ। 

यी हुन् धेरै कमाउने फिल्महरु 

  • पूर्ण बहादुरको सारङ्गी (४६ करोड ८७ लाख)
  • कबड्डी ४ (२१ करोड ४० लाख)
  • १२ गाउँ (१९ करोड ९२ लाख)
  • छक्का पञ्जा ४ (१७ करोड ५३ लाख)
  • जारी (१७ करोड ४८ लाख)
  • छक्का पञ्जा (१६ करोड १० लाख)
  • महाजात्रा (१५ करोड ६७ लाख)
  • छक्का पञ्जा ५ (१५ करोड २० लाख)
  • कोहिनुर (१४ करोड ७५ लाख)
  • छक्का पञ्जा २ (१४ करोड ५१ लाख)
  • शत्रु गते (१२ करोड ६५ लाख)
  • ऊनको स्वीटर (१० करोड ६२ लाख)
  • कबड्डी २ (१० करोड ३५ लाख)
  • बोक्सीको घर (१० करोड १० लाख)
  • छ माया छपक्कै (९ करोड ९२ लाख)
  • दिमाग खराब (८ करोड ९८ लाख)
  • अञ्जिला (८ करोड ८३ लाख)
  • परदेशी २ (७ करोड ९२ लाख)
  • छक्का पञ्जा ३ (७ करोड ८३ लाख)
  • प्रेम गीत ३ (७ करोड ६३ लाख)
  • कबड्डी कबड्डी कबड्डी (७ करोड ५९ लाख)
  • पुजार सार्की (७ करोड ३८ लाख)
  • महापुरूष (७ करोड ३५ लाख)
  • कबड्डी (७ करोड ३४ लाख)
  • पशुपति प्रसाद २–भष्मे डन (७ करोड ३२ लाख)
     

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन