नेभिगेशन
सुरक्षा–अपराध

सप्तरीमा पठाइयो एसपी गौतम केसी, समय नपुग्दै धादिङ प्रमुखबाट तानिएका थिए

काठमाडौं– जिल्ला प्रहरी कार्यालय सप्तरीको कमान्डका लागि प्रहरी उपरिक्षक (एसपी) गौतम केसीलाई पठाइएको छ।

प्रधान कार्यालय यूएन शाखामा कार्यरत केसीलाई कमान्ड गर्न खटाइएको हो।

घुस लेनदेनको विवादमा एसपी ढकेन्द्र खतिवडा तानेर केसीलाई सप्तरीको कमान्ड दिइएको हो। 

खतिवडालाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार उनीमाथि अनुसन्धान हुनेछ।

अहिले सप्तरीको कमान्डका लागि पठाइएका एसपी केसीलाई पनि धादिङको प्रमुख हुँदा समयावधि नपुगी तानिएको थियो। 

एसपी केसीले जिम्मेवारीअनुसार काम गर्न नसकेपछि तानिएको थियो। 

झ्याप्ले पहिरोपछि एसपी केसी माथि प्रश्न उठेको थियो। पहिरोमा थुप्रै सवारी साधन पुरिँदा र उद्धारमा ध्यान नदिएको आरोप एसपी केसीमाथि लागेको थियो।

असार ११ र १२ गते राति रात्रिसेवाका बस सञ्चालन गर्न रोक लगाउनु भनिए पनि धादिङमा बस सञ्चालनमा थिए।

केसीलाई झ्याप्ले खोलाको पहिरो र उद्धारका विषयमा जानकारी लिन प्रहरी प्रधान कार्यालय नक्सालबाट सम्पर्क गर्दा गैरजिम्मेवार जवाफ र अभिव्यक्ति दिएको आरोप थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध