नेभिगेशन
सुरक्षा–अपराध

सशस्त्र प्रहरीका दुई डीआईजीको पदावधि एक बर्ष थपियो

काठमाडौं– दुई जना सशस्त्र प्रहरी नायव महानिरिक्षक (डीआईजी)को एक बर्ष पदावधि थप भएको छ।

गृह मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले डिआईजी कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको हो। 

डिआईजी धौवजीको आगामी असोज २४ गतेसम्म र न्यौपानेको आगामी माघ २९ गतेसम्म उमेर र सेवा अवधि दुवै ननाघ्ने गरी पदावधि थप गरिएको हो।

यता, सशस्त्र प्रहरी बल, नेपालका डिआईजी कमल गिरीलाई कार्यविभागमा सरुवा गरिएको छ।

डिआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि गिरीलाई कार्यविभागमा सरुवा गरिएको हो। गिरी एआईजीका प्रतिस्पर्धी भए पनि ठाडामगरले उछिनेपछि उनको सरुवा कार्यविभागमा गरिएको हो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध