नेभिगेशन
सुरक्षा–अपराध

सशस्त्र प्रहरीका दुई डीआईजीको पदावधि थप्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थपिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको उमेर ५६ वर्ष र सेवाअवधि ३० वर्ष ननाघ्ने गरी पदावधि थप्ने निर्णय गरेको  हो ।

यो निर्णयअनुसार धौवजीको कार्यकाल २०८२ असोज २४ सम्म र न्यौपानेको कार्यकाल २०८२ माघ २९ सम्म रहनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध