नेभिगेशन
राजनीति

संसद्‍मा प्रधानमन्त्रीको खोजी

काठमाडौँ- प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमाथिकै छलफलमा प्रधानमन्त्री ओली अनुपस्थित रहेको भनेर उनको खोजी भएको हो ।

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले संसद्‍मा प्रधानमन्त्रीको खोजी गरेका हुन् ।

‘प्रधानमन्त्री भन्नुहुन्छ– म जनताप्रति उत्तरदायी नै छु । तर, आज प्रधानमन्त्री कार्यालयकै विषयमा छलफल चलिरहेको छ प्रधानमन्त्रीजी यहाँ हुनुहुन्छ ।’

प्रधानमन्त्रीले संसद्लाई कति प्राथमिकता दिएका छन् भन्ने उनको अनुपस्थितिले देखाउने साहको टिप्पणी छ । काठमाडौँमै रहेर प्रधानमन्त्री ओली संसद्‍मा बजेटमाथिको छलफलमा सहभागी नभएको भनेर उनले प्रश्न उठाएका हुन् ।

प्रधानमन्त्री कार्यालयकै बजेटमाथिको छलफलमा प्रधानमन्त्री सहभागी हुनै पर्नेमा त्यसो हुन नसकेको भनेर उनले सभामुख र सरकारको ध्यानाकर्षण गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति