नेभिगेशन
मनोरञ्जन

१० करोड पटक हेरियो दुश्मन हेरेको हेरै, यसो भन्छन् दुर्गेश थापा

काठमाडौँ - गायक दुर्गेश थापाको 'दुश्मन हेरेको हेरै' गीतलाई युट्युबमा १० करोड पटक हेरिएको छ । रिलिज भएको पाँच महिनामा यो गीतलाई १० करोड पटक हेरिएको हो ।

गायक थापाले पाँच महिनामै १० करोड भ्यूज पार गरेर यस गीतले नेपाली सङ्गीत इतिहासको विशेष अध्याय बन्न पुगेको उल्लेख गरेका छन् ।

दुर्गेशले भनेका छन्- 'म भावुक छु, अभिभूत छु… किनभने हजुरहरू मेरो भगवान दर्शकहरूले दिनुभएको माया, साथ र आशीर्वादले हाम्रो सृजना एउटा असाध्यै ठूलो उचाई चुम्न सफल भयो ।' उनले अगाडी भनेका छन्- 'हजुरहरूले दिएको यो सम्मान केवल भ्युजको संख्या होइन, यो सपना पुरा भएको दस्तावेज हो, हजुरहरूले दिनु भएको परिचय अझै चम्किलो बनेको छ । 'दुर्गेश थापा' नाम होइन ब्राण्ड हो, ब्राण्ड !' सधैको साथ, माया, समर्थन र भगवानसरहको उपस्थिति दिनुभएकोमा म मेरो शीर झुकाएर मेरो भगवान रूपि दर्शकहरू प्रति कृतज्ञता व्यक्त गर्दछु ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

‘गर्भवती’ स्वस्तिमा