नेभिगेशन
खेलकुद

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। जुलाई ५ सम्म चल्ने यस प्रतियोगितामा नेपालसहित १० राष्ट्रको सहभागीता छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आइतबार नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार उक्त खेल बिहान पौने ८ बजे वाईएसडी यूकेएम ओभल, बांगी मैदानमा सुरु हुनेछ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली विपीनप्रसाद शर्माको कप्तानीमाा नेपाली टोलीको घोषणा गरेको थियो ।

नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन् । त्यस्तै समूह ‘बी’ मा मलेसिया, मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन्।

दुवै समूहका शीर्ष दुई टोली (विजेता र उपविजेता) सेमिफाइनलमा स्थान बनाउनेछन्।

नेपाली टाेली

विपीनप्रसाद शर्मा (कप्तान), सूर्यांशु कोइराला (उपकप्तान), शिवांश बजगाई, परिमार्जन यादव, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जयशी, जय थापा र रोशन शाही ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद