नेभिगेशन
खेलकुद

कोहली र रोहितको युगपछि शुभमन स यशस्वीको धमाकेदार सुरुवात

हेडिङ्ले - विराट कोहली र रोहित शर्मा जस्ता दिग्गज खेलाडीहरूको संन्यासपछिको युगमा भारतले नयाँ नेतृत्व र युवाशक्तिका साथ इंग्ल्याण्डविरुद्धको पाँच टेस्टको शृङ्खलाको पहिलो खेलमा धमाकेदार सुरुवात गरेको
छ।

शुभमन गिलले कप्तानका रूपमा डेब्युमै श इनिङ्स खेलेका छन् भने ओपनर यशस्वी जैसवालले पनि आक्रामक शैलीमा शतक पूरा गर्दै इंग्लिस बलिङ आक्रमणलाई धराशायी पारेका हुन् ।

हेडिङ्लेमा भएको पहिलो टेस्टको पहिलो दिन टस जितेर फिल्डिङ रोजेको इंग्ल्याण्डको निर्णय प्रत्युत्पादक देखियो । भारतले दिनको खेल सकिँदासम्म ३५९-३ रनको बलियो स्थितिमा पुग्न सफल भयो।

जैसवालले १०१ रन बनाए भने गिल १२७ रनमा अविजित छन् । गिल र विकेटकिपर ऋषभ पन्तबिचको साझेदारी १३८ रन पुगिसकेको छ, जहाँ पन्त पनि ६५ रनमा नटआउट छन्।

टस जितेपछि ब्याटिङ नगरी फिल्डिङ रोजेको इंग्ल् कप्तान बेन स्टोक्सको निर्णयप्रति अब प्रश्न उठ्नेछ । तर गिलले पनि यदि उनी टस जितेका भए फिल्डिङ रोजे बताएका थिए ।
इंग्ल्याण्डका बलरहरू दिनभर अलि कमजोर देखिए, स्विङ पाए पनि त्यसको उपयोग गर्न सकेनन् । स्टोक्स आफैँले भने २ विकेट लिँदै ४३ रन खर्चेर सबैभन्दा
वशाली बलिङ गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद