नेभिगेशन
राजनीति

नेपाललाई हिन्दू राष्ट्र बनाउन र राजा फर्काउन भारतीय प्रधानमन्त्री मोदीलाई पत्र लेख्ने को हुन्?

काठमाडौं– राजसंस्थावादी विभिन्न संघ संगठन र राजनीतिक दलले राजधानी केन्द्रित आन्दोलन जारी राखिएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजा फर्काउन र हिन्दू राष्ट्र बनाउनका लागि दबाब दिन पत्र लेखिएको छ।

पत्रमा नेपालका राजनीतिक दलसहितलाई दबाब दिनका लागि मोदीसहित भारतीय राष्ट्रपति द्रौपदी मूर्मूलाई पनि पत्र लेखिएको हो।

नेपाल हिन्दू राष्ट्र पुनस्र्थापना मञ्चले पत्र लेखेको हो। 

ज्ञापन पत्रमा नेपाललाई पुनः हिन्दु राष्ट्र घोषित गर्नका लागि नैतिक, कूटनीतिक र रणनीतिक समर्थन गरिदिन माग गरिएको छ।

आइतबार दिल्लीको प्रेस क्लब अफ इन्डियामा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अन्तर्राष्ट्रिय संस्थापक अध्यक्ष डाक्टर इन्जिनियर विष्णुप्रसाद बरालले नेपालमा राजसंस्था सहितको पुनः हिन्दु राष्ट्र फर्काउनका लागि आफूहरुले भारतबाट अन्तर्राष्ट्रिय दबाब बनाउन शुरु गरेको बताए। 

सोही क्रममा भारतका राष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिएको उनको भनाइ छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति