नेभिगेशन
सुरक्षा–अपराध

सवारी व्यवस्थापनका लागि ७८३ ट्राफिक प्रहरी काठमाडौंको फिल्डमा खटाइयो, सुरक्षा व्यवस्था कडा

काठमाडौं– नेकपा एमाले र राजावादी संघ संस्थासहित राप्रपाको कार्यक्रमलाई मध्यनजर गरी उपत्यका प्रहरी कार्यालयले सुरक्षा व्यवस्था कडा पारेको छ।

आवश्यकताअनुसारको सुरक्षा प्रबन्ध कायम गर्दै सम्भावित मुठभेडलाई पनि दृष्टिगत गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

आज गणतन्त्र दिवसको दिन नेकपा एमाले र राजावादीहरुले गर्ने छुट्टाछुट्टै प्रदर्शनको क्रममा सवारी आवागमनको व्यवस्था मिलाउन ७८३ ट्राफिक प्रहरी परिचालन गरिएको छ।

एमालेले गणतन्त्र दिवसको दिन उत्सव मनाउन र राजावादीहरुले गणतन्त्र खारेज गरी राजसंस्था पुनस्र्थापनाको मागसहित प्रदर्शन गर्दैछन्। 

पहिला एमाले र त्यसपछि राप्रपासहितका राजावादी शक्तिका निम्ति शान्ति बाटिका रत्नपार्क क्षेत्रमा कार्यक्रमका लागि अनुमति दिइएको छ।

गणतन्त्र पक्षधर र विरोधीहरुको प्रदर्शन स्थल र प्रदर्शन समय अलग अलग भए पनि काठमाडौं उपत्यकाको यातायात आवागमन प्रभावित हुने सम्भावना छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध