नेभिगेशन
सुरक्षा–अपराध

शनिबारबाट नेपाल प्रहरीका एआईजी आचार्यको जागिर सकियो, उनको रिक्त स्थानमा शाह आइसके

काठमाडौं– नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक (एआईजी) लालमणि आचार्य सेवाबाट विदा भएका छन्। 

प्रहरीमा एआईजीको ५६ बर्षे उमेर हदका कारण उनी संगठनको सेवाबाट विदा भएका हुन्। 

एआईजी बढुवा हुनुअघि मधेस प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका उनले विशिष्ट श्रेणीबाट विदा लिएका हुन्।

उनको रिक्त स्थानमा गृह मन्त्रालयले यसअघि नै एआईजी सिफारिस गरिसकेको छ। बढुवा समितिको निर्णयअनुसार प्रहरी नायव महानिरिक्षक (डीआईजी)बाट बिशेष ब्यूरो प्रमुख रहेका सिद्धिविक्रम शाहलाई एआईजी सिफारिस गरिएको हो।

उनले बुधबार दज्र्यानी चिन्ह लगाएपछि रिक्त रहेको एक एआईजी पदको पदपूर्ती हुनेछ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध