नेभिगेशन
सुरक्षा–अपराध

तीनकुने घटना : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौंले तीनकुने घटनाको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

प्रहरीले राजावादीको आन्दोलनको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको हो ।

चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक भएको घटनामा प्रहरीले अनुसन्धान गरेको थियो ।

सरकारी वकिल कार्यालय स्रोतले प्रहरीले बिहीबार नै प्रतिवेदन बुझाएको जानकारी दियो । प्रहरीले १०८ जनाविरूद्ध मुद्दा चलाउनुपर्ने राय सरकारी वकिलसमक्ष दिएको छ ।

अहिले प्रहरी परिसरमा ५३ जना प्रहरी हिरासतमा छन् । २६ जनामाथि राजद्रोह र संगठित अपराध र २७ जनामाथि आपराधिक उपद्रव कसुरमा प्रहरीले अनुसन्धान गरेको हो ।

त्यसबाहेक प्रहरीले ३७ जनालाई हाजिर जमानीमा छाडेको थियो । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपा महामन्त्री एवं सांसद धवलशमशेर राणालाई हाजिर जमानीमा राखिएको छ । यस्तै यस घटनामा दुर्गा प्रसाईंसहित तीनै जनाविरूद्ध मुद्दा चलाउन राय प्रहरीले दिएको छ ।

प्रहरीले बुझाएको प्रतिवेदनलाई अभियोजन गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्नेछ ।

अदालतमा मुद्दा दर्ता गरेसँगै पुर्पक्षको लागि प्रतिवादीहरूलाई थुनामा राख्ने वा नराख्ने भन्ने विषयमा बहस हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध