नेभिगेशन
समाज विविध

अनुमति बिनै इन्टरनेट सेवा प्रयोग, प्राधिकरणले दियो कारबाहीको चेतावनी

काठमाडौँ - नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिबिना इन्टरनेट सेवा सञ्चालन गरिरहेका व्यक्ति/संस्थाविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणले बिहीबार एक सूचनामार्फत अनुमतिबिना इन्टरनेट सेवा सञ्चालन गरेको गुनासोसमेत प्राप्त भएको र उक्त कार्य दूरसञ्चार ऐन, २०५३ को दफा २३ बमोजिम अनुमतिपत्र नभई इन्टरनेट सेवा सञ्चालन गर्नु गैर कानुनी भएको स्पष्ट पारेको छ ।

गैर कानुनी कार्य भएको हुँदा दूरसञ्चार ऐन, २०५३ तथा प्रचलित कानुन बमोजिम कडाइका साथ कानुनी कारबाही हुने सूचनामा उल्लेख गरिएको छ ।

उल्लेख गरिएको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध