नेभिगेशन
समाज विविध

अमेरिकी राजधानीमा इजरायली दूतवासको दुई कर्मचारीको हत्या

काठमाडौं– अमेरिकामा इजरायली राजदूतावासमा काम गर्ने दुई जना कर्मचारीको हत्या गरिएको छ । अमेरिकाको राजधानी वाशिङ्टन डीसीस्थित यहूदी सङ्ग्रहालयनजिकै उनीहरुको हत्या गरिएको हो ।

उनीहरुमाथि गोली प्रहार गर्ने बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इजरायली कूटनीतिज्ञको समूहलाई लक्षित गरी गोली प्रहार गर्नुअघि बन्दुकधारीले ‘स्वतन्त्र प्यालेस्टाइन’ को नारा लगाएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।


समाचार संस्था एपीका अनुसार संदिग्ध बन्दुकधारी शिकागोका ३० वर्षीय एलियास रोड्रिग्वेज हुन् । अमेरिकाका लागि इजरायली राजदूत यिचल लिस्टरले मारिनेहरु दुबै जना प्रेम सम्बन्धमा रहेको जनाएका छन् । उनका अनुसार मृतक प्रेमिकालाई प्रस्ताव गर्न प्रेमीले गत सातामात्रै औँठी किनेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको निन्दा गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘डीसीमा भएको क्रुर हत्या, जुन अवश्य यहूदीविरोधी भावनामा आधारित छ, तत्काल रोकिनुपर्छ ।’

उनले अमेरिकामा घृणा र उग्रवादको कुनै स्थान नरहेको पनि प्रष्ट पारेका छन् । त्यसैगरी, इजरायली राष्ट्रपति आइज्याक हर्जोगले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध