नेभिगेशन
समाज विविध

नारायणगढ-मुग्लिन सडकखण्डमा दुई ट्रक ठोक्किदा सात घाइते

भरतपुर - नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका छन । भरतपुर महानगरपालिका–२९ गाइघाटमा आज (बिहिबार) बिहान ६ः५० बजेको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्वरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्वरको ट्रक एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालका अनुसार दुवै ट्रकको अगाडिको भागमा क्षति पुगेको छ । ट्रकका चालकलाई च्यापिएको अवस्थामा उद्धार गरिएको उहाँले बताउनुभयो । दुवै चालकको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य यात्रुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेहरुमा प्रदेश ०१–००६ ख ६२८७ नम्वरको ट्रकका चालक भरतपुर–१२ मुनालचोक बस्ने ३७ वर्षका सन्तोष सुवेदी र ना ६ ख ९८९७ नम्वरको ट्रकका चालक रौतहट गरुड नगरपालिका ५ बस्ने ३४ वर्षका धनराज कुमार यादब रहेका छन । यस्तै ०१–००६ ख ६२८७ नम्वरको ट्रकमा सवार यात्रु रौतहट बौदीमाई नगरपालिका ७ का जयकान्त राय यादव, सोही ठाउँका हरिशंकर यादब, आकाश यादब, रवि कुमार यादब र अनिल कुमार यादब घाइते भएका छन । उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध