नेभिगेशन
समाज विविध

सुर्खेत विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट एकाएक पानी निस्किएपछि...

सुर्खेत - वीरेन्द्रनगरस्थित सुर्खेत विमानस्थलको धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएको छ । जसका कारण मंगलबारदेखि उक्त विमानस्थलबाट उडान ठप्प बनेको छ । 

विमानस्थल प्रमुख हिराजन काफ्लेले मंगलबार उत्तरतर्फ रहेको धावनमार्गमा एकाएक खाल्डो परेको बताए ।  उक्त खाल्डो पुर्ने काम भइरहेको वेला सोही दिन पुनः नजिकै जमिनमुनिबाट पानी निस्किन थालेको उनको भनाइ छ । 

‘पानी निस्किएसँगै विमानस्थल बन्द गरिएको छ । शनिबारसम्म सबै काम सक्नेगरी काम भइरहेको छ,’ काफ्लेले बिहीबार भने, ‘त्यसपछि मात्रै हवाई सेवा पुनः सञ्चालन हुन्छ ।’

अहिले पानी देखिएको स्थानलाई पुर्ने काम भएपनि भौगर्भिक अनुसन्धान गर्नुपर्ने अवस्था रहेको उनले बताए । 

‘के कारण आयो, त्यो त भौगर्भिक अध्ययनले देखाउला,’ उनले भने, ‘भासिएको छ, माथितिर डाँडाकाँडा र वरपर खोला पनि छन् । तल सतहमा पानी रहेछ, खोतल्दा त्यो देखियो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध