नेभिगेशन
समाज विविध

उपचारका लागि जहाजमा काठमाडौं ल्याउँदा ल्याउँदै बिरामीको मृत्यु

काठमाडौं - रौतहटको फतुवा विजयपुर नगरपालिका–११ की ३९ वर्षीया राजकुमारी चौधरीको उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ ।

उनका श्रीमान् जंग बहादुर चौधरीले उपचारका लागि सिमरा विमानस्थलबाट जहाजमा थप उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार स्वास्थ्यमा समस्या देखिएकी राजकुमारीक जहाजमै बेहोस भएकी थिइन् ।

उपचारका लागि केएमसी अस्पताल पुर्‍याउँदा चिकित्सकले बाटोर्म मृत भएको घोषणा गरेको एसपी बोहराले बताए ।

उनको शव थप अनुसन्धानका लागि प्रहरीको टोलीले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ ।

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध