नेभिगेशन
समाज विविध

हुम्लाको नाम्खामा पुग्यो राहत सामग्री

काठमाडौं- ‎हिमताल फुटेर आएको बाढी/ पहिरोबाट प्रभावित हुम्लाको नाम्खा गाउँपालिका -६, तिलगाउँमा राहत सामग्री पठाइएको छ।

‎‎हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला विपद् व्यवस्थापन ब्यवस्थापन समितिबाट चामल लगायतका राहत सामग्रीहरु पठाइएको जानकारी दिए ।

उनका अनुसार १० क्वीन्टल चामल, १०० लिटर तिल, दुई क्वीन्टल नुन, दुई क्वीन्टल नै चिनी, ३० क्वीन्टल मैदा, १/१ क्वीन्टल भुजा, चिउरा, १० पकेट चिया पठाइएको छ । ‎‎यस्तै आलु, सागसब्जी, साबुनदेखि औषधीहरु पठाइएको उनले बताए ।

चारवटा त्रिपाल र १० बोरा सिमेन्ट पनि पठाइएको छ । 'सिमीकोटबाट हामीले गाडीमा सामान पठाएको हो, सामान पुगिसकेको छ ,' उनले भने । ‎‎तिलगाउँमा बाढी/ पहिराका कारण १८ वटा घरधुरी प्रभावित छन्। ‎गाउँ नजिक पहिरो पुग्दा बस्ती नै जोखिममा परेकाले तिलगाउँवासी खोलापारी फाँटमा बसिरहेका छन् ।

‎‎बाढी/पहिरोले बिजुली बत्ती, खानेपानी, सिँचाइ, पुलपुलेसा लगायत सार्वजनिक पूर्वाधारमा क्षति भएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टले राहत सामग्रीका साथै विज्ञको टोली हुम्ला पुगेको बताए । उनका अनुसार घटनाको अध्ययनका लागि वरिष्ठ डिभिजन इन्जिनियर सुशील कुमार श्रेष्ठ, भूगर्भविद् शिव प्रसाद बास्तोला, मौसमविद सौहाद्र जोशीसहित विपद् प्राधिकरणको टोली हुम्ला पुगेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध