नेभिगेशन
समाज विविध

राप्रपाको युवा संगठनका संयोजक केसीलाई हाजिर जमानीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौँ - सर्वोच्च अदालतले राप्रपा प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसीलाई हाजिर जमानीमा छाड्न आदेश दिएको छ ।

बुधबार न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले केसीलाई हाजिर जमानीमा छाड्न आदेश दिएको हो । सर्वोच्चको आदेशपछि केसी रिहा भइसकेका छन् ।

आदेशमा भनिएको छ- ‘थप अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था र मनासिव कारणसमेत खुलेको नदेखिँदा उनलाई कुनै माथवर व्यक्तिको जिम्मा हाजिर जमानीमा छोडी मुद्दाको बाँकी अनुसन्धान कार्य गर्नु गराउनु भनी विपक्षीहरूको नाममा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ ।'

केसीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवापुत्र जयवीर देउवाले हिल्टन होटलको सेयर किनेकोबारे फेसबुकमा स्टाटस लेखेका थिए । तर हिल्टन होटलले विज्ञप्ति निकालेर कसैले पनि सेयर खरिद नगरेको उल्लेख गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

आज देशभरको मौसम कस्तो रहला ?