नेभिगेशन
राजनीति

संसदीय दलको बैठकमा कांग्रेस सांसद माया राई किन रोइन्? तामाङ त आवेगमा आएछन्

काठमाडौं– सत्ता गठबन्धनमा अहिले ओलीलाई सघाउने निधो गरेर सकिएको भनिएको कांग्रेस संसदीय दलको बैठकभित्र फरक परिदृश्यका घटना पनि भएका विवरण सतहमा आएका छन्। 

गठबन्धनमा रहेको एमाले र त्यसका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीलाई विश्वास गर्नु नै कांग्रेसले दुख पाउनु रहेको समेतका आरोप लगाउँदै सांसद माया राई रोएकी छन् भने उर्जा राज्यमन्त्रीबाट बर्खास्त गरिएका कान्छाराम तामाङ आवेगमा आएको बैठकमा सहभागी एक नेताले बताएका छन्।

केही दिनअघिसांसद माया राई पक्राउ परी छुटेकी थिइन्। उनी बैठकस्थलमा धरधरी रोएपछि सांसदहरू स्तब्ध बनेका थिए। उनले आफूमाथि षड्यन्त्र भएको भन्दै रुँदैरुँदै व्यथा पोख्दा अर्की सांसद मञ्जु खाण पनि रोएकी थिइन्।

मैले सुत्केरी अवस्थामा ओम अस्पतालको बेडबाट उठेर आएर पनि संसदीय दलमा शेरबहादुर देउवालाई भोट हाले पनि अहिले गठबन्धनको अर्को दलले निशानामा पारेको भनी उनी रोएकी थिइन्।

उनलाई सहकारी प्रकरणमा पक्राउ गरिएको थियो। तर धरौटीमा छुटेकी छन्।  

केही सांसदले गठबन्धनमा पार्टीको हैसियतअनुसारको कुरा नसुनिएको भन्दै प्रधानमन्त्री ओलीमाथि विश्वास नगर्न देउवालाई सुझाव दिएका थिए। 

सरिता प्रसाईँ, शंकर भण्डारी, हृदयराम थानीहरूले पनि बैठकमा कुरा राखेका थिए। कान्छाराम तामाङले आफूलाई अपमानजनक ढंगले हटाइएको भन्दै आवेग पोखेका थिए। सांसदहरुका यस्ता गतिविधि देखेपछि सभापति देउवा गम्भिर देखिएका थिए। उनले यस विषयमा ओलीसँग कुरा गर्ने समेत बताएका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति