नेभिगेशन
मनोरञ्जन

भारतका ‘५० भाइरल गीत’को सूचीमा सुशान्त केसीको ‘उफ्’

काठमाडौं- सुशान्त केसीको हिन्दी गीत ‘उफ्’ स्पोटीफाईको भारतका ‘शीर्ष ५० भाइरल गीत’को सूचीमा समावेश भएको छ । समाचार लेख्दासम्म यो गीत सूचीको ४७ औं स्थानमा छ ।

२ साताअघि टि सिरिजको युट्युब च्यानलबाट गीत रिलिज भएको थियो । रिलिज भएयता यो गीतलाई स्पोटीफाई, युट्युब, आईट्युन्समा रुचाइएको छ ।

अभिनेत्री स्वस्तिमा खड्काले यो सूचीमा समेटिएकोमा स्टोरीमार्फत खुसी व्यक्त गरेकी छन् । सुशान्त केसी र इन्द्रकला राईको स्वरमा रहेको गीतमा सुशान्त र स्वस्तिमा फिचर्ड छन् ।

सुशान्तको बहुचर्चित नेपाली गीत ‘बार्दली’को यो हिन्दी संस्करण हो । यसअघि एकदेव लिम्बुको गीत ‘झिमझिमाउने आँखा’ पनि भारतका भाइरल गीतको शीर्ष ५० को सूचीमा समेटिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

एज इज जस्ट नम्बर, रबिना