नेभिगेशन
पुँजी बजार

नेप्से परिसूचक घट्यो

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.९८ अंकले घटेर दुई हजार छ सय १०.४० अंकमा कायम भएको छ।

आज ३१९ कम्पनीको एक करोड ८४ लाख ३७ हजार ९४२ कित्ता शेयर ६५ हजार आठ सय ८४ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ६३ करोड ४१ लाख ९३ हजार छ सय ९३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

होटल तथा पर्यटन समूह ०.०२, लघुवित्त ०.११, म्युचुअल फन्ड ०.२० र निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। बैंकिङ ०.३८, विकास बैंक ०.७६, वित्त ०.९७, जलविद्युत् ०.७४, लगानी ०.१३ र जीवन बीमा ०.११ प्रतिशतले घटेको हो। त्यस्तै, उत्पादन तथा प्रशोधन ०.८८, व्यापार ०.७२ र अन्य समूह ०.२२ प्रतिशतले घटेको छ।

आजको कारोबारमा नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड, ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड र सिटिजन सुपर–३० म्युचुअल फन्डको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घटेको हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्