नेभिगेशन
सुरक्षा–अपराध

प्रदेश प्रहरी प्रमुखमा पठाइए ६ डीआईजी, बिकलाई सुदूरपश्चिम कमान्ड

काठमाडौं– गृह मन्त्रालयले प्रदेश प्रहरी प्रमुखमा ६ जना नायव महानिरिक्षक (डीआईजी) पठाएको छ।

नेपाल प्रहरीका ७ जना डीआईजीको सरुवा हुँदा ६ जना प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा पुगेका हुन्। 

आइतबार गृह मन्त्री रमेश लेखकले मन्त्री स्तरीय निर्णय गर्दै उनीहरूको सरुवा गरेका हुन्।

कोशी प्रदेश प्रहरी कार्यालय प्रमुखमा ईश्वर कार्की, मधेसमा उमाप्रसाद चतुर्वेदी, बागमतीमा अरुण पौडेल, गण्डकीमा दिनेशकुमार आचार्य, लुम्बिनीमा राजेन्द्रप्रसाद भट्ट र सुदूरपश्चिममा डम्बरबहादुर बिक पठाइएका छन्।

गोविन्द थपलियालाई भने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा सरुवा गरिएको छ। 

यसअघि कोशीका राजन अधिकारी, मधेसका लालमणि आचार्य, बागमतीका कृष्णहरी शर्मा पोखरेल, लुम्बिनीका दानबहादुर कार्कीसहितको प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवा भएपछि प्रदेश प्रहरी कार्यालय प्रमुख पद रिक्त थिए।
FB_IMG_1746395825243-1746396051-1746413687.jpg
2-1746413697.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध