नेभिगेशन
समाज विविध

उपप्रधानमन्त्री सिंह र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेट

काठमाडौँ- उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले भेट गरेका छन् ।

सिंहदवारस्थित सहरी विकास मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र पारस्परिक हितको बारेमा छलफल भएको मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिए ।

उनले भारत र नेपालको बिचमा सहरी विकासको सम्बन्धमा अनुभव र सहयोग आदानप्रदानको विषयमा छलफल भएको जानकारी दिए।

भेटमा भारतले पछिल्लो समय सहरी विकासको क्षेत्रमा गरेको काम र त्यसबाट नेपालले सिक्न सक्ने कुराका बारेमा छलफल भएको बताए । उनका अनुसार सहरी यातायात व्यवस्थापन, फोहोरमैलाको व्यवस्थापनको अनुभव आदानप्रदान लगायतका बारेमा छलफल भएको छ ।

उनले भने, ‘भारतका विद्युतमन्त्री सहरी विकास मन्त्री पनि हुनुहुन्छ । उहाँले खास गरेर भारतले सहरी विकासको क्षेत्रमा पछिल्लो समयमा हासिल गरेको प्रगति र सहरी यातायात व्यवस्थापन, फोहोर मैला व्यवस्थापनको अनुभव आदानप्रदान भएको छ । भारतीय माननीय मन्त्रीले व्यक्त गर्नुभएका धारणालाई सहरी विकासमन्त्रीज्यूले पनि सकारात्मक रूपमा लिनुभयो ।’

नेपाल र भारतबिच सहरी विकासका अनुभवहरू आदानप्रदान गर्न र सहायताका लागि एमओयु तयार भएको उल्लेख गर्दै सचिव सिग्देलले उचित समयमा हस्ताक्षर गरिने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध