नेभिगेशन
समाज विविध

कांग्रेस र एसमाजवादीका एक–एक र एमालेका दुई सांसदलाई डीएसपीले चलाएको गाडीले ठोकिदियो

इटहरी– मोरङको कानेपोखरीमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक (डीएसपी) खगेन्द्र खड्काले चलाएको गाडीले ठक्कर हानेको सवारी साधनमा तीन दलका चार सांसद रहेको खुलेको छ।

प्रदेश सभा बैठकमा सहभागी हुन झापाबाट आउँदै गरेका पाँचथरकी कांग्रेस सांसद मैया श्रेष्ठ लावती, झापाका एमाले सांसद राधाकृष्ण खनाल र नम्बरलाल धिमाल तथा मोरङकी नेकपा एकीकृत समाजवादी सांसद विद्या चाम्लिङ एउटै गाडीमा आउँदै गरेका थिए। 

सांसद श्रेष्ठको गाडीमा सबै जना आउँदै गरेका थिए। 

विपरित दिशाबाट आउँदै गरेको कारसँग ठोक्किँदा गाडी सडकमा पल्टिएको थियो। सांसदहरु चढेको गाडी चार बल्ड्याङ पल्टिएको थियो।

चारैजना स्वास्थ्य उपचारका लागि अरनिको अस्पताल उर्लाबारी पुगेका छन्। अर्काे कार जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्काले चलाएका थिए। उनी पनि सामान्य घाइते भएका छन्।

डीएसपी खड्का बा५च ३५३० नम्बरको कारमा झापा जाँदै थिए।  सांसदहरु भने विपरित दिशाबाटे बीएई १४०६ नम्बरको गाडीमा बिराटनगर आउँदै थिए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध