नेभिगेशन
सुरक्षा–अपराध

बुटवलमा गोली हानिएकी विष्ट होटल चलाउँथिन्, अन्य कारण यस्ता पनि छन्

काठमाडौं– शनिबार बुटवलमा गोली हानिएकी टिका विष्ट क्षत्री होटल सञ्चालिका रहेको खुलेको छ। उनलाई बिहेका लागि दबाब दिइएको अनुमान गरिएको छ। 

गोली हान्ने भारतीय नागरिकको स्केचका आधारमा तस्बिर तयार पारिएको छ।

गोली प्रहारबाट घाइते भएकी युवतीलाई थप उपचारका लागि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा रिफर गरिएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार, गोली प्रहारबाट घाइते भएकी बुटवल उपमहानगरपालिका–११ बुद्धनगर बस्दै आएकी २९ वर्षीया टीका विष्ट क्षत्रीलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट थप उपचारको लागि भैरहवा रेफर गरिएको हो।

बुद्धनगरमा होटल सञ्चालन गर्दै आएकी टीकामाथि एक भरतीय नागरिकले बिहान ९ बजेतिर गोली प्रहार गरी फरार भएका थिए।

घटनास्थल र वरपरका सिसिटिभी फुटेज हेर्दा शनिबार बिहान ९ बजेतिर भरतीय नम्बर प्लेटको मोटरसाइकलमा आएको एक व्यक्तिले घरको ढोका खोली गोली प्रहार गरेर सोही मोटरसाइकलमा फरार भएको देखिएको प्रहरीले जनाएको छ।

खत्रीको कम्मरमाथि ढाडमा गोली लागेको छ। गोली प्रहार गरिएको पेस्तोल बरामद नभए पनि घटनास्थलमा भेटिएको गोलीको खोकाको आधारमा कटुवा पेस्तोलले गोली प्रहार गरिएको छ।

प्रहरीका अनुसार खत्री अविवाहित हुन्। प्रहरीसँगको सामान्य कुराकानीमा घाइते युवतीले आफूलाई केही महिनादेखि सितारे आलम भन्ने भरतीय बिहारी नागरिकले विवाह गर्न पटक–पटक दबाव दिँदै आएको र गर्न नमाने मारिदिने भन्दै धम्की दिने गरेको बताएकी छन्।

केहि दिन पहिले बिहे गर्न दबाव दिएको र नगरे गोली हानेर मारिदिने भन्दै भिडियो कलमार्फत पेस्तोल देखाएर धम्की दिएको युवतीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

शनिबार गोली प्रहार गरी फरार भएपछि रुपन्देहीका चारैतर्फका नाका बन्द गरेर खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोही व्यक्तिले यसअघि केहि महिना पहिले पनि खत्रीलाई बुटवलमै आएर अपहरण गर्ने प्रयास गरेका थिए। त्यतिबेला बुटवलमै आएर जबरजस्ती लैजान खोजेको थियो।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार, खुल्ला सिमाना, रोटीबेटीको सम्बन्ध, मिल्दोजुल्दो धर्म र संस्कृतिका कारण नेपाल भित्र विभिन्न अपराधमाका प्रवृति भित्रिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रेशम चौधरी पक्राउ

सीआईबी चिफ!