नेभिगेशन
राजनीति

यहि महिनाको तेस्रो साता सभामुख विदेश भ्रमण जानुअघि सदनको हिउँदे अधिवेशन समाप्त 

काठमाडौं– चैतको तेस्रो साता सभामुख देवराज घिमिरे विदेशमा हुने कार्यक्रममा जानुपूर्व नै प्रतिनिधि सभाको हिउँदे अधिवेशन सक्ने तयारी भएको छ।

सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघ आईपीयूको सम्मेलनमा सहभागी हुन चैत २२ गते उज्वेकिस्तान जाने भएकाले त्यसअघि नै संसदको हिउँदे अधिवेशन अन्त्यको तयारी गरिएको हो ।

अन्तर व्यवस्थापिका संघको सम्मेलन आगामी अप्रिल ५ देखि ९ तारिखस (चैत २३ गतेदेखि २७ गतेसम्म) हुँदै छ ।

सभामुख विदेश जानु अघि नै पाँच वटा प्रतिस्थापन विधेयक संघीय संसदका दुवै सदनबाट पास गरी राष्ट्रपतिबाट प्रमाणीकरण गरिसक्ने तयारी छ। सम्भवतः चैत १८ गते राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने र अधिवेशन अन्त्य गरी सभामुख विदेश जाने तयारी भएको हो।

सरकारले हिउँदे अधिवेशन आह्वान हुनुभन्दा करिब एक हप्ता अगाडि ६ वटा अध्यादेश जारी गरेको थियो। 

हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुन्छ। बजेट पेश हुनु एक महिना अगाडि सदनमा प्रि–बजेट छलफल गरिन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

एकीकृत परियोजना बैंक लागू गर्ने