नेभिगेशन
मनोरञ्जन

ग्ल्यामरको दुनियाँबाट टाढा बनेपछि हाल महामण्डलेश्वर बनेकी ममता कुलकर्णी २३ बर्ष कहाँ थिइन्?

काठमाडौं– बलिउडको दुनियाँ जति रंगिन छ त्यति नै पीडादायी पनि रहेको उदाहरण हुन् ममता कुलकर्णी। 

९०को दशकमा टपलेस तस्बिर दिएर म्यागेजिनमा मात्र छाएकी थिइनन्, फिल्महरुमा एकछत्र थियो उनको राज। 

अहिले भने उनी २३ बर्षपछि भारतमा आएकी छन् र प्रयागराजमा भएको महाकुम्भमा महामण्डलेश्वर बनेर बसेकी छन्। 

महामण्डलेश्वर बन्दा पनि उनको बिरोध भयो। यति मात्र भएन, १० करोड तिरेको बात समेत लाग्यो। 

आखिर २३ बर्षसम्म कहाँ थिइन् ममता? के उनले १० करोड दिएकी हुन् त? 

यस्तो आरोप लागेपछि ममताले मौनता तोडेकी छन्। 

ममताले रजत शर्माको ‘आपकी अदालत’ कार्यक्रममा भनिन्, ‘मसँग १० करोड त परको कुरा, १ करोड पनि छैन।  सरकारले मेरो बैंक खाता जफत गरेको छ। तपाईंहरूलाई थाहा छैन म कसरी बाँचिरहेकी छु! मसँग पैसा छैन। मेरो आँसु त्यसै निस्केको होइन। मैले धेरै त्याग गरेको छु। गुरुजीलाई दक्षिणा दिनुपर्ने भएकाले मैले कसैबाट २ लाख रुपैयाँ सापटी लिएँ।’

ममताले आफ्ना तीनवटा अपार्टमेन्ट जीर्ण अवस्थामा रहेको बताइन्। किनभने ती २३ वर्षदेखि बन्द रहेको उनको भनाइ छ। 

भारत फिर्ताबारे उनले भनिन्, ‘म २३ वर्षदेखि भारत आएको थिइनँ। मलाई आरोप लगाउने व्यक्तिविरुद्धको अदालती मुद्दा सकिएपछि मात्र भारतमा पाइला टेक्छु भन्ने निर्णय गरेकी थिएँ। प्रचारका लागि ममता कुलकर्णीको नाम मुद्दामा समावेश गरिएको थियो।’

उनले अगाडि भनेकी छन्,‘मैले २३ वर्ष तपस्या गरेको छु। मैले ३ महिनासम्म खाना खान छोडेकी थिएँ। हठयोग पालना गरेर मैले आदिशक्तिलाई मेरो अगाडि उपस्थित हुन बाध्य पारेकी थिएँ। मैले आदिशक्तिलाई भनेँ– तिमी नआएसम्म म खाना खाने छैन। म ५ दिनसम्म पानीसमेत नपिई बसेँ। १५औँ दिनमा भगवतीको दर्शन पाइयो।’

ममता बलिउडकी पूर्वअभिनेत्री हुन्। उनले १९९२ मा फिल्म तिरंगाबाट डेब्यु गरेकी थिइन्। उनका हिट चलचित्रमा वक्त हमारा है, क्रान्तिवीर, करण अर्जुन, सबसे बडा खिलाडी, बाजी हुन्। सन् २००० देखि भने उनले फिल्म क्षेत्र छाडिन्।

उनलाई लागुऔषध कारोबारको आरोप लागेको थियो। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

अभिनेता मुकुल देवको निधन