नेभिगेशन
राजनीति

फूटबल खेलाउनुपर्ने राजनीति गर्दै, राजनीति गर्नुपर्ने फूटबल खेलाउँदै

कांग्रेसले 'सभापति कप' गरायो, एमालेले 'केपी ओली कप' ल्याउँदैछ । भोली माओवादीले 'प्रचण्ड गोल्ड कप' वा राप्रपाले 'राजसंस्था पुनर्स्थापना मेमोरियल कप' गर्दैछ भनेर सुन्दा पनि अचम्म मान्नुपर्दैन।

काठमाडौं- राजनितीक दलहरु राजनिती गर्न  छोडेर पछिल्लो समय फूटबल प्रतियोगिताहरु गर्न थालेका छन् ।

यसको उदाहरण हुन् भर्खरै सम्पन्न भएको सभापति कप र आउँदै गरेको केपी ओली कप । यता नेपालको प्रमुख फुटबल निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) भने प्रतियोगिता गर्न छोडेर राजनिती गर्नमा व्यस्त रहेको छ ।

नेपालको शिर्ष डिभिजन  ‘ए-डिभिजन लिग’ नभएको ६०० दिन बढी भइसकेको छ । एन्फा राजनिती र भागभन्डा मै व्यस्त रहेको हुदाँ खेलाडीहरुमा नराम्रो असर परिरहेको छ । खेलाडीहरु विदेशीन बाध्य भएका छन् भने केही फुटबल समेत छोडेका छन् । 

फुटबल प्रतियोगिता गराउनु पर्ने एन्फा आफ्नै भित्रको राजनीतिको मैदानमा अल्झिरहेको छ । अर्कातिर, राजनीतिक दलहरू फुटबल खेलाउन व्यस्त छन्। कांग्रेसले सभापति कपू गरायो, एमालेले केपी ओली कप ल्याउँदै छ । भोली माओवादीले 'प्रचण्ड गोल्ड कपू वा राप्रपाले 'राजसंस्था पुनर्स्थापना मेमोरियल कपू गर्दैछ भनेर सुन्दा पनि अचम्म मान्नुपर्दैन।

सरकारले फुटबल प्रतियोगिता आयोजना गर्नुको सट्टा दीर्घकालीन संरचनागत सुधारमा ध्यान दिनुपर्छ। फुटबलको विकास केवल केही प्रतियोगिता आयोजना गरेर सम्भव हुँदैनस बरु, यसको लागि प्रशिक्षक विकास, युवा खेलाडी उत्पादन, पूर्वाधार निर्माण, तथा आर्थिक व्यवस्थापन पारदर्शिता आवश्यक पर्छ।

सरकारले फुटबल विकासका लागि स्पष्ट नीति ल्याउनु जरुरी छ, जसमा क्लबहरूको व्यावसायीकरण, खेलाडीहरूको करियर सुरक्षा, प्रशिक्षक तथा रेफ्रीहरूको स्तर वृद्धिजस्ता विषय समेटिनुपर्छ। फुटबल प्रशासनको जिम्मेवारी एन्फाको भए पनि, जब एन्फा असफल बन्छ, सरकारले हस्तक्षेप गर्न सक्ने ठाउँमा गरेर सुधार प्रक्रिया अघि बढाउनुपर्छ। 

पारदर्शिता, सुशासन, र आर्थिक जवाफदेहिता बढाउने कानुनी प्रबन्ध गर्न सरकारले एन्फामाथि दबाब दिन सक्नुपर्छ। नेपालमा खेल मैदान, प्रशिक्षण सेन्टर, तथा क्लब स्तरका संरचनाहरूको अभाव छ। सरकारले राष्ट्रिय र स्थानीय तहमा फुटबल मैदान तथा प्रशिक्षण सेन्टर निर्माणका लागि दीर्घकालीन योजनाबद्ध लगानी गर्नुपर्छ।

तर सरकार आफ्नो दायित्वबाट भाग्दै पोलिटिकल स्टन्डका लागि प्रतियोगिताहरु गराउँन मै व्यस्त रहेको छ । नेपाली फुटबल निकाय (एन्फा) आफ्नो मूल जिम्मेवारीबाट च्युत भइरहेको बेला, राजनीतिक दलहरूले भने फुटबल प्रतियोगिता आयोजना गर्दै जनताको ध्यान खिच्ने प्रयास गरिरहेका छन्।

सभापति कप र केपी ओली कपजस्ता प्रतियोगिताहरू यसैको उदाहरण हुन्। तर यस्ता प्रतियोगिताले समग्र फुटबलको विकासमा दीर्घकालीन प्रभाव पार्दैनन्। यी प्रतियोगिता खासगरी राजनीतिक छवि निर्माण, युवाहरूसँग सम्बन्ध प्रगाढ बनाउने, तथा चुनावी एजेन्डाको रूपमा प्रयोग गर्न आयोजना गरिन्छन्। 

राजनीतिक दलहरूले एकदुई प्रतियोगिता गराएर फुटबलप्रति आफ्नो प्रतिबद्धता देखाउने प्रयास गरे पनि, वास्तविकता के हो भने, नेपाली फुटबलको दीर्घकालीन सुधार लिग फुटबलको निरन्तरताबाट मात्र सम्भव छ। नियमित लिग बिना खेलाडीहरूको स्तर वृद्धि हुन सक्दैन।

यस्ता प्रतियोगिताहरुले खेलाडीहरूलाई अल्पकालीन फाइदा दिन सक्छ, तर फुटबलको मूल समस्या लिग सञ्चालन नहुनु, पूर्वाधार अभाव, प्रशिक्षक तथा खेलाडी विकासका समस्याहरु समाधान हुँदैन। 

फुटबल खेलाउने प्रमुख निकाय एन्फाको नेतृत्वमा रहेका व्यक्तिहरू आफैं राजनीतिक हिसाबले विभाजित छन्। अध्यक्ष पंकज नेम्वाङ र सिइओ इन्द्रमान तुलाधर काँग्रेसनिकट छन् भने उपाध्यक्ष दावा लामा एमालेसँग छन्।

जब फुटबल संघका प्रमुखहरू नै राजनीतिक भागबन्डामा लिप्त हुन्छन् भने, फुटबल कहिल्यै माथि उठ्न सक्छरु नेपालमा फुटबल संघको प्रमुख बन्नका लागि फुटबल ज्ञान आवश्यक छैन, केवल राजनीतिक संरक्षण आवश्यक छ।

पदाधिकारीहरूलाई रिझाउनका लागि एन्फा विधानविपरीत निर्णय गर्न समेत पछि पर्दैन। उदाहरणका लागि, महिला साफ प्रतियोगिताको फाइनल खेलको टिकट सम्झौता रद्द गर्ने निर्णय अध्यक्ष विदेशमा भएको बेला भयो। यो निर्णय कसरी भयोरु किन भयोरु यसको जानकारी वरिष्ठ उपाध्यक्षलाई समेत दिइएन। यस्तो मनोमानी त फुटबल संघमा मात्र सम्भव छ।

फुटबल संघको प्राथमिकता नै फुटबल नभएपछि खेलाडीहरूको भविष्य झन् अन्धकारमय बन्छ। कुनै बेला नेपालका उत्कृष्ट खेलाडीहरू अहिले विदेशमा आफ्ना खुबी भन्दा तल्लो लेभलको काम गरिरहेको अवस्था छ ।

लिग नुदाँ अस्ट्रेलिया जान बाध्य भएका विमल घर्ति मगर अहिले नेपाल आएर मछेन्द्र फुटबल क्लबबाट मौफसल प्रतियोगिताहरु खेलिरहेका छन् । 

 उनलाई नेपाल मै फुटबल खेल्ने निकै रहर छ । भर्खरैको अन्तर्वातामा पनि उनले लिगहरु नियतिम भए नेपाल नै बस्ने बताएका थिए । उनलाई फेरि पनि आफ्नो पुरानो छवि स्थापित गर्नु छ । 

यसका साथै, अन्य विदेश पलायका खेलाडीहरु समेत नेपाल आएर लिग खेल्ने चाहना रहेको बताउँदै आएका छन् । 

तर अहिलेको अवस्था यस्तो छ कि खेलाडीहरू लिग नहुदाँ विदेश पलायन भइरहेका छन्। लिग नै सञ्चालन नहुँदा, उनीहरूको करिअर संकटमा परेको छ। केहीले त फुटबल नै छाडेर अन्य पेशा रोज्न बाध्य भएका छन्।

ए(डिभिजन लिग नहुँदा नेपाली फुटबल प्रतियोगिता नै शून्य भएको भने होइन। अहिले गाउँ-गाउँमा भइरहेका गोल्डकप प्रतियोगिताहरूले नेपाली फुटबललाई जेनतेन धानेका छन्। खेलाडीहरू यस्ता प्रतियोगितामा व्यस्त देखिन्छन्, समर्थकहरू पनि रमाइरहेका छन्, तर प्रश्न उठ्छ—के यस्ता प्रतियोगिताले नेपाली फुटबलको भविष्य सुरक्षित गर्छन् ।

गोल्डकप प्रतियोगिताहरू छोटो अवधिका लागि मात्र हुन्छन्। यी प्रतियोगिताहरूमा खेलाडीहरूले खेल्न त खेल्छन्, तर आफ्नो खेल सम्पूर्ण रूपमा देखाउने, रणनीति बनाउने, निरन्तर प्रदर्शन गर्ने अवसर भने पाउँदैनन्। व्यवस्थित लिगको अभावमा खेलाडीहरू यस्ता अस्थायी प्रतियोगिताहरूमा मात्र सीमित भइरहेका छन्, जसले उनीहरूको दीर्घकालीन विकासमा बाधा पुर्‍याइरहेको छ।

नेपाली राष्ट्रिय टिमका चर्चित खेलाडी अन्जन विष्टले बारम्बार यो कुरा उठाउँदै आएका छन्। अस्ति मात्र उनले भनेका थिए, 'हामीलाई ४/५ महिने लिगको खाँचो छ। अरू समय हामी एनएसएल र गोल्डकपहरूमा व्यस्त हुन्छौँ, तर यति मात्रै भएर पुग्दैन।'

यो आवाज अन्जन विष्टको मात्र होइन, नेपालमा रहेका तथा विदेशिएका अधिकांश खेलाडीहरूको पनि यही गुनासो हो। व्यवस्थित लिगको अभावमा खेलाडीहरूको भविष्य अनिश्चित बन्दै गएको छ। उनीहरू फुटबलकै लागि देश छोड्न बाध्य छन्, केही त निराश भएर फुटबल नै छोड्ने स्थितिमा पुगेका छन्। तर यो अवस्थाप्रति एन्फाले खै किन चासो देखाएको छैन ?

पदाधिकारीहरलाई रुझाउँन एन्फा आफ्नो विधान विपरित जस्तो पनि कार्य गर्न तयार रहेको छ । समय समयमा यो संस्थाको पारदर्शिता, आर्थिक व्यवस्थापन र सुशासनमाथि प्रश्न उठ्ने गरेको छ ।

एन्फाले आर्थिक नियमावली र कार्यविधि तयार गरेको दाबी गरे पनि, व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन नभएको देखिन्छ। एन्फाका पदाधिकारीहरूले संस्थाको विधानविपरीत निर्णयहरू गरेको आरोप पनि लागेको छ।

यसका साथै, संस्थाले ठूला बजेटका प्रतियोगिताहरू आयोजना गर्दा रकमको दुरुपयोग भएको र खर्चको विवरण पारदर्शी रूपमा सार्वजनिक नगरेको आरोप छ ।

समय समयमा यस्ता गतिविधिबारे एन्फाका प्रदाधिकारीहरुले प्रश्न पनि उठाउँने गरेका छन् । तर कुर्सी र विदेश मोह देखाएर उनिहरुलाई पनि सन्तुलनमा राख्ने एन्फाका अध्यक्ष र महासचिव निकै माहिर छन् । 

यस्तै गतिविधिहरुमा व्यस्त रहँदा देशमा फुटबल गतिविधिहरु संचालन हुन सकको छैनन् । समग्रमा नेपाली फुटबल निकै पछाडी परेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति