नेभिगेशन
खेलकुद

अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो

काठमाडौँ- नेपाल आईसीसी यू-१९ महिला टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएसँगै जितविहीन रह्यो ।

नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६ रन मात्र बनाउन सक्यो । कप्तान पुजा महतोले सर्वाधिक १८ रन बनाइन् ।

यस हारसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ । नेपाल पहिलो खेलमा बांङ्लादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

नेपाल र हङकङबीचको खेल रद्द