नेभिगेशन
मनोरञ्जन

ज्योती मगरले संकेत गरेकी यातना भोग्ने गायिका एलिना चौहान हुन्?

काठमाडौं– केही समयअघि गायिका ज्योती मगरले सामाजिक सञ्जालमा एउटा लामो स्ट्याटस लेखिन् र फेरि हटाइन्।

एक जना गायिकाले भोगेको घरेलु हिंसासम्बन्धी विषयमा उनले लेखेकी थिइन्। 

उनले पछिल्लो पोस्टमा ‘घरेलु हिंसा’बारेको संवेदनशिल स्टाटस पोस्ट गरेकी थिइन्। यो स्टाटस पोस्ट भएको केही समयमा उनले यसलाई डिलेट गरिन्। उनले डिलेट गर्दासम्म यो स्टाटसको स्क्रिनसट् भाइरल भैसकेको थियो।

उनले लेखेकी थिइन्, ‘आज काठमाडौंदेखि पोखरा जाने क्रममा एक चर्चित गायिका बहिनीसँग भेट भयो। २५ मिनेटको छोटो यात्रामा उनले पीडाहरू खोलिन् र बरर आँसु झारिन्। उनको रगताम्मे अनुहार, आँखा र मुखभरी निलडाम घाउको फोटो देखाउँदै अरु कसैलाई नभन्नुहोला दिदी। यस्तोसम्म भोगेँ भनिन्।’

ज्योतीले थप लेखेकी थिइन्,‘उनलाई मैले स्ट्रङ हुन र मुभ अन गर्न भनेँ। तर मेरो मन अत्ति नै भारी हुँदैछ। आफैँले केही वर्षअघि भोगेको पीडा फेरि दुख्दैछ। साच्चिकै उनको पीडामा मलाइ धोको फेरेर रुन मन लाग्दैछ। एउटा पब्लिक फिगर को त यो दुर्दशा छ, आम महिलाहरूको हालत के होला।’
उनले नाम नखुलाए पनि विस्तारै सामाजिक सञ्जालमा गाईँगुईँ चल्न थालेको छ। हालै मात्र एउटा भिडिओमा खाँदै गरेको अवस्थामा एक जना आफन्तसँग भेट हुँदा गायिका एलिना चौहान भावुक भएको देखिन्थ्यो।

खुसीले स्वागत गर्दा भावुक भएकी उनको अनुहारमा केही दाग जस्तो देखिएका कारण कतिपयले ज्योतीले लेखेको स्टाटस उनीतिरै लक्षित त होइन भनेर लख काट्न थालेका छन्।

ज्योतीले ती चर्चित गायिका को हुन् भन्नेबारेमा खुलाएकी थिइन् । यो स्टाटसपछि मगरलाई ती पीडित गायिकाको नाम खुलाउन भनिरहेका थिए। 

उनको स्टाटसमा सामाजिक संजाल प्रयोगकर्ताले अहिले चलेका केही गायिकाको नाम समेत लेखेका छन्। स्टाटस किन हटाएको भनेर सोधिएको प्रश्नमा ज्योतिले केही मिडियासँग भनेकी छन्,‘अर्काको प्राइभेट कुरा किन राख्नु भनेर हटाएँ।’

ज्योतिले अहिले आएर यो प्रष्टोक्ती दिएपनि ती चर्चित गायिकाको नाम खुलाउन फ्यानले आग्रह गरिरहेका छन्।

यति सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सामाजिक काममा सक्रिय रहेकी इशा गुरुङले पनि एक जना चलेकी गायिकाले यातना पाएको सन्दर्भलाई शुक्रबार कोट्याएकी छन्।

एलिनाले बागलुङका बिष्णु सापकोटासँग गत वैशाखमा बिहे गरेकी थिइन्। सापकोटा बागलुङबाट जन्ती लिएर एलिनको गृहजिल्ला झापा पुगेका थिए। के यो जोडीमा खटपट भएको हो? यस विषयको आधिकारिक जानकारी नआए पनि धेरैले अनुमानचाहिँ गरेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

ज्याकलिनसँग शिखर धवनको गीत आउदै