Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल प्रहरीमा ‘एसएसपी’ बढुवाको अन्तिम तयारी, यी हुन् प्रतिस्पर्धामा रहेका ‘क्रिम एसपी’हरू

शनिबार, पुस २७, २०८१

काठमाडौं– नेपाल प्रहरीमा उपरिक्षक (एसपी)बाट बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) बढुवाको अन्तिम तयारी गरिएको छ। 

samridhi jewllers

बढुवामा निक्कै बिलम्ब भइसकेको छ। जसका कारण आजभोली नै बढुवा निस्कने प्रहरी उच्च स्रोतले क्यानडानेपाललाई जानकारी दियो। 

एसएसपीका २५ दरबन्दी खाली छन्। यसका निम्ति ३८ जना प्रहरीका क्रिम अफिसरहरू प्रतिस्पर्धामा रहेका छन्।

गृह मन्त्रालयले पुस १८ मा पाँच एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेपछि एसएसपीको रिक्त दरबन्दी संख्या २५ पुगेको थियो।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार शनिबार राती या आइतबारसम्ममा बढुवा निस्कनेछ। यसका निम्ति बाहिर रहेका गृहमन्त्री रमेश लेखक शुक्रबार नै काठमाडौं आइसकेका छन् भने बढुवा समितिको पनि बैठक तय भएको बताइन्छ।

नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा २०५८ साउन १८ को भर्ना मिति भएका अधिकृतबीच बढुवाका निम्ति प्रतिस्पर्धा चलिरहेको हो। 

सो व्याचबाट २०७५ फागुन ७ र २०७७ वैशाख ११ मा डीएसपीबाट एसपी बढुवा हुनेहरु अहिले एसएसपी बढुवाका दावेदार हुन्।

त्यसमध्ये ०७५ मा एसपी बढुवा हुने १७ र ०७७ मा बढुवा भएका २१ जना छन्। 

२०७५ फागुन ७ मा एसपी बढुवा हुनेमा गोबिन्द अधिकारी, बिनोद सिलवाल, रमेश थापा, प्रकाश रानाभाट, बिमलराज कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोईराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपमशम्शेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी र बीर बहादुर बुढामगर थिए।

२०७७ वैशाख ११ मा एसपी बढुवा हुनेमा तुलबहादुर कार्की, होविन्द्र बोगटी, बेद बिष्ट, राकेश सिंह, राजिबबहादुर बस्नेत, सन्तोषसिंह राठौर, शिवकुमार श्रेष्ठ, शान्तिराज कोईराला, सन्जयसिंह थापा, महेन्द्र खड्का, दिपक पोखरेल, प्रभुप्रसाद ढकाल, सन्तोष कुमार भट्टराई, प्रकाश मल्ल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दिपेन्द्र शाही, रामप्रकाश शाह, प्रबिण धिताल, दयानिधि ज्ञवाली, राजेन्द्रप्रसाद धमला थिए।

अन्याय भयो भनी गृहमन्त्री भेट्नेमा चक्रराज जोशी, भुवनेश्वर तिवारी, सुरेश काफ्ले, योगेन्द्रसिंह थापा, पदम विष्ट, राजेन्द्रप्रसाद धमला, ऋषिराज कँडेलसहितका छन्।

स्रोतका अनुसार दोस्रो लटमा एसपी हुनेमध्ये प्रभुप्रसाद ढकाल र दिपक पोखरेललाई बढुवाका निम्ति उच्च राजनीतिक नेतृत्वको तीव्र दबाब छ।

हनिट्रयाप विवादमा तानिएको र छानबिन भएका कारण बढुवाका दाबेदारीमा रहेका एसपी कमल थापाको चान्स कम रहेको बताइन्छ। जे भए पनि बढुवाको सूचीमा रहेका ३८ जना नै एक से एक क्रिम अधिकारी हुन्।
 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्