Nic Ad Nic Ad
Nic Ad Nic Ad

चीनसँग ऋणसम्बन्धी कुरा चलेन, सम्झौता त्यो होइनः प्रधानमन्त्री

बिहीबार, मंसिर २०, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता नगरिएको दाबी गरेका छन्। 

विहीबार चार दिने चीन भ्रमण सकेर फर्किएका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा भने,‘जे सम्झौता भएको छ त्यो ऋण होइन।’

उनले अगाडि भने,‘ऋणसम्बन्धी कुनै कुरा चलेन। छलफल पनि भएन। बीआरआईबारे छलफल भयो।’ 

पटक–पटक भनिरहँदा पनि ऋणको सारङ्गी बजाइरहेको बताउँदै उनले जोडे,‘अहिले हामीले जे प्राप्त गरेका छौँं, त्यो ऋण होइन भन्ने कुरा धेरै पटक भनिएको छ। त्यो हुँदा पनि होइन। सधैँ किन ऋणको सारंगी बजिरहेको छ।’
 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्