नेभिगेशन
खेलकुद
गसिप

श्रृङ्खला र सिसनको सम्बन्ध ताजा तस्बिरले बोल्छ

काठमाडौं– कुनै बेलाका शिर्षक र गसिप समाचार यस्ता हुन्थे–

‘के श्रृङ्खला र सिसनले प्रेम स्विकार गरेका हुन्?’

२०७६ सालमा प्रकाशित एउटा समाचार यस्तो थियो–

पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा र भ्ल्गर सिसन बाँनियाको प्रेम चर्चा चलेको केही समय भयो। विशेषगरि, श्रृङ्खला मिस नेपालको प्रतिस्पर्धामा सहभागी हुँदै गर्दा उनलाई सिसनले खुबै साथ दिएका थिए । यसपछि, श्रृङ्खला र सिसनको प्रेम चर्चा सुरु भएको थियो।

तर, सिसन र श्रृङ्खलाले आफ्नो प्रेम स्विकार गरेका थिएनन्। सामाजिक संजाल र मिडियामा लामो समयदेखि यी दुइको प्रेमको खबर सार्वजनिक भएपनि यी दुई मौन नै थिए।

तर, प्रेम दिवसको अवसर पारेर श्रृङ्खलाले सिसनसँगको प्रेम स्विकार गरेकी छिन्। श्रृङ्खलाले लुक्ला पुगेर सार्वजनिक गरेको एक भिडियोमा भनिएको छ–‘सबैलाई प्रेम दिवसको शुभकामना। हामी निकै नै रोमाञ्चक डेमा छौ।’

श्रृङ्खलाको यो भिडियोको पछाडि सिसन मुस्कुराएका छन्। श्रृङ्खलाले घुमाउरो शैलीमा सिसनसँगको प्रेम स्विकार गरेको वुझ्न सकिन्छ। सायद, यो जोडीले प्रेम स्विकार गर्नका लागि प्रेम दिवसलाई नै कुरेको हुनुपर्छ।

यसको सान्दर्भिकता अहिले चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल)को खेल र बुधबार चलिरहेको श्रृङ्खला मालिक्निी रहेको काठमान्डु गुर्खाज अनि सिसनले समर्थन गरेको कर्णाली याक्सको खेल पनि हो। 

दुवै त्रिवि मैदान पुगेका थिए र एकअर्काका प्रतिस्पर्धीको खेल रोचकताका साथ हेरिरहेका थिए, विपरित दिशामा बसे। 

यहि सान्दर्भिकता अर्को समाचारसँग पनि मिल्छ। २०७९ साल असोजमा प्रकाशित समाचार यस्तो थियो। 

पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ केही वर्षदेखि प्रेम सम्बन्धमा छन्। केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका थिए।

श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए। न्यू मेक्सिको राज्यको एक गुफामा घुमेको तस्वीर पनि पोस्ट गरेका थिए। तर यी लभबर्डबीचको सम्बन्ध यतिबेला ठीकठाक नरहेको गाइँगुइँ चलेको छ।

यो शंकालाई बल गर्ने काम भने यी दुईजनाको पछिल्लो गतिविधिले गरिरहेको छ। यी दुईले इन्स्टाग्राममा एकले अर्कोलाई अनफलो गरेका छन् । अनफलोको अर्थ ठीकठाक छैन भन्ने हो।

अनफलोले यी दुईबीच ब्रेकअप भएकै हो भन्ने अनुमानलाई बल मिलेको छ। तर सम्बन्धमा केही मोड आएको भन्ने गसिप भने चल्न थालेका छन्।

खैर, यी समाचार अहिलेको सन्दर्भ फरक छन्। श्रृङ्खलाले कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियासँग जीवन चलाइरहेकी छन्। तर, सेलिब्रिटी समेत रहेका कारण यी दुवैका प्रसङ्ग माथिका तस्बिरहरूले स्मरणमा ल्याउँछ।

75e8239a-9e50-4600-80b3-70906c404541-1733290675.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्